• गृहपृष्ठ
  • रन्जना दाहालको स्वरमा “दैब कसम कोरोनाको” सार्बजनिक (भिडियाे सहित)

रन्जना दाहालको स्वरमा “दैब कसम कोरोनाको” सार्बजनिक (भिडियाे सहित)

Jun 26th, 2020

काठमाडौ, असार १२

बरिष्ठ समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित “दैब कसम कोरोनाको“ म्युजिक भिडियो सार्बजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ । फोटो फिरिममाको लयमा बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।

संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड(१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन ।