• गृहपृष्ठ
  • संगितकार अर्जुुन पोखरेलको संगित रहेको नयाँ भिडियो सार्वजनिक (भिडियाे सहित)

संगितकार अर्जुुन पोखरेलको संगित रहेको नयाँ भिडियो सार्वजनिक (भिडियाे सहित)

Jun 26th, 2020

काठमाडौ, असार १२

संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेर को म्युजिक भिडियो सार्वजनिक गरीएको छ । नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार रिलिज गरीएको हो । नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो । चर्चीत संगीतकार अर्जुन पोखरेलद्धारा लिखित तथा संगीतबद्ध रहेको गीतमा चर्चित गायक कृष्ण काफले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको गायन तथा अभिनय रहेको छ । काफ्लेले यस अघि धेरै सुपरहिट गीतहरुमा स्वर दिईसकेकाछन्, भने लामा नेपाल आईडलका बिजेता समेत हुन्, ।

यस्तै अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन । उनले यसअघि केही हिट गीतहरुमा स्वर दिईसकेकी छिन्, । युवट्युवबाट चर्चित बनेकी गायिका समिक्षा अधिकारीको पनि गीतमा दमदार स्वर तथा अभिनय रहेको छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्, । पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन्, । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ । लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ ।

गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरीएको छ । भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ । यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफु विश्वस्त रहेको संगीतकार पोखरेलले बताएकाछन्, भने भिडियोलाई नयाँ आयम दिन खोजीएको निर्देशक कार्कीले बताए ।