• गृहपृष्ठ
  • ३० वर्षपछि लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

३० वर्षपछि लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

Jun 26th, 2020

काठमाडौं, असार १२

लिभरपुलले ३० वर्षपछि इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । प्रिमियर लिगको उपाधि जित्न लिभरपुललाई एउटा जितको आवश्यक रहेको थियो । बिहीबार राति लिग अन्तरगत भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ३ दशकपछि उपाधि जितेको हो।

हालसम्म लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । सन् १९८९–९० पछि लिभरपुल पहिलो पटक च्याम्पियन बनेको हो । लिभरपुलले गएको सिजन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो ।

बिहीबार राति भएको खेलमा चेल्सीका क्रिश्चियन पुलिसिक र विलियन एक एक गोल गरे । म्यानचेस्टर सिटीका लागि केविन डी ब्रुयनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेल्सीले नै लिएको थियो। खेलको ३६ औँ मिनेट क्रिश्चियन पुलिसिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा केविन डी ब्रुयनले गोल गर्दै सिटीका लागि बराबरी गोल फर्काए । त्यसपछि विलियनले ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेका हो ।

लिगमा  लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । लिभरपुलले ३१ खेलबाट ८६ अंक बनाएको छ ।  दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको लिगमा ३१ खेलबाट सिटीको ६३ अंक छ। ३१ खेलपछि हालसम्म लिभरपुलले एक मात्र खेल हारेको छ भने २ मा बराबरी गरेको छ ।