• गृहपृष्ठ
  • ईङ्लिस प्रियिमर लिग : लिभरपुल उपाधिको नजिक

ईङ्लिस प्रियिमर लिग : लिभरपुल उपाधिको नजिक

Jun 25th, 2020

काठमाडौं, असार ११

ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुल उपाधिको नजिक पुगेको छ । बुधबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा अलेक्जेन्डर ओर्नाल्ड , मोहमद सलाहा , साडियो माने र फाबिन्होले एक एक गोल गरे ।

अलेक्जेन्डर ओर्नाल्डले खेलको २३ औ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । मोहम्मद सालाहले ४४ औं मिनेटमा अग्रता दोब्बर पारे । फाबिन्होले ५५ औं मिनेटमा तेस्रो गोल गरे र साडियो मानेले ६९औ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।

जितसँगै लिभरपुलले ३१ खेलबाट ८६ अंक बनाएको छ । जारी लिगमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २३ अंकले अगाडि रहेको छ। सिटीको ३० खेलबाट ६३ अंक छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ।