• गृहपृष्ठ
  • रियल मड्रिड ला लिगाको पुन:शीर्ष स्थानमा

रियल मड्रिड ला लिगाको पुन:शीर्ष स्थानमा

Jun 25th, 2020

काठमाडौं, असार ११

रियल मड्रिड स्पेनिस ला लिगाको पुन:शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा रियल मड्रिडको लागि सर्जियो रामोसले र भिनिसियस जुनियरले एकएक गोल गरे ।

खेलको १९औं मिनेटमा भिनिसियल जुनियरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५६औं मिनेटमा कप्तान सर्गियो रामोसले फ्रि-किकमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे र जीत सुनिश्चित गरे ।

जितसंगै रियल मड्रिडले ३१ खेलबाट ६८ अंक जोडेको छ । बार्सिलोनाको पनि ३१ खेलबाट ६८ अंक छ । तर हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्जा गरेको छ । रियलले अब बाँकी रहेका ७ खेलमा जित हात पारे बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ।