• गृहपृष्ठ
  • गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ सार्वजनिक (भिडियाे सहित)

गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ सार्वजनिक (भिडियाे सहित)

Jun 24th, 2020

काठमाडौ, असार १०

गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ । भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्, भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।