• गृहपृष्ठ
  • इभान राकिटिकको निर्णायक गोलमा बार्सिलोना पुन:शीर्ष स्थानमा

इभान राकिटिकको निर्णायक गोलमा बार्सिलोना पुन:शीर्ष स्थानमा

Jun 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १० असार

बार्सिलोना स्पेनिस ला लिगाको पुन:शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउन इभान राकिटिकले गरेको गोल नै निर्णायक बन्न पुग्यो । इभान राकिटिकले खेल सकिन १९ मिनेटमा मेस्सीको पासमा सो गोल गरेका हुन्। जारी सिजनमा मेसीको यो १५औं एसिस्ट हो।

जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलको रियलको ६५ अंक छ र लिगको दोश्रो स्थानमा छ । अब रियलले बुधबार मालोर्कासँग खेल्दैछ। रियलले मालोर्कालाई पराजित गरे रियल र बार्साको अंक समान हुनेछ तर हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्जा गर्नेछ।