आज मेस्सीको ३३ औँ जन्मदिन

Jun 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १० असार

आज लियोनेल मेस्सीको ३३ औँ जन्मदिन रहेको छ । अर्जेन्टिना मूल देश भएका उनी बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टिमका फर्वड खेलाडी र कप्तान हुन् । उनी विश्वको सर्वश्रेष्ठ खेलाडीका रुपमा परिचित छन् । ६ वटा ब्यालोन डी ओआर पुरस्कार र ६ युरोपियन गोल्डन शूजको रेकर्ड उनको नाममा छ । उनले बार्सिलोनाका साथमा आफ्नो व्यवसायीक जीवन बिताएका छन् जहाँ उनले ३४ वटा क्लब ट्रफी जितेका छन् । उनले देश र क्लबका लागि गरेर जम्मा ७०० गोल गरेका छन् ।

अर्जेन्टिनामा जन्मेका मेस्सी, १३ वर्षको उमेरमा बार्सिलोनामा जोडिन स्पेन गएका थिए र आफ्नो जीवनको पहिलो खेल उनले १७ वर्षको उमेरमा सन् २००४ अक्टोबर महिनामा खेलेका थिए । २२ वर्षको उमेरमा उनले प्रथम बेलोन डिअर उपाधी आफ्नो हात पार्न सफल भएका थिए । टाइम्स् पत्रिकाका अनुसार सन् २०११ र २०१२ मा उनी सर्वाधिक प्रभावशाली व्यक्तिको सूचिमा परेका थिए । सन् २०२० मा उनलाई लौरियस वर्ल्ड स्र्पोटस् म्यान अफ द इयरले पनि सम्मानित गरिएको थियो ।