• गृहपृष्ठ
  • इटालियन सिरि ‘ए’ : रोनाल्डोको गोलमा युभेन्टस विजयी

इटालियन सिरि ‘ए’ : रोनाल्डोको गोलमा युभेन्टस विजयी

Jun 23rd, 2020

काठमाडौं, असार ९

इटालियन सिरि ‘ए’ मा  युभेन्ट्सले बोलोग्नालाई पराजित गरेको छ। आईतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले र पाब्लो डिबालाले एक एक गोल गरे ।युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको २३ औँ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।युभेन्ट्सका डि लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो र त्यसमा रोनाल्डोले गोल गरे । त्यसपछि खेलको ३६ मिनेटमा पाब्लो डिबालाले युभेन्ट्सका लागि दोस्रो गोल गरे।

खेलको अन्त्यमा डानिलोले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए। त्यसपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो । त्यसपछि कुनै गोल हुन सकेन र युभेन्टसले जित निकालेका हो ।

जितसंगै युभेन्टसले २७ खेलबाट ६६ अंक जोडेको छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक सहित लिगको दोश्रो स्थानमा छ। लाजियोले बुधबार एटलान्टासँग खेल्नेछ।