रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

Jun 22nd, 2020

काठमाडौं, असार ८

रियल मड्रिड स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मड्रिडले सोसिडाडलाई २-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । मड्रिडले सोसिडाडलाई उसैको मैदानमा पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो । खेलमा रियल मड्रिडको लागि सर्जियो रामोसले र करिम बेन्जिमाले एकएक गोल गरे । सोसिडाडको लागि मिकेल मेरिनोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने रियलले नै लिएको थियो। खेलको ५० औँ मिनेटमा रियलका कप्तान सर्गियो रामोसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सोसिडाडका डिएगो लोरेन्टेले रियलका भिनिसियस जुनियरलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो र त्यसमा रामोसले गोल गरे । ७० औँ मिनेटमा करिम बन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८३ औँ मिनेटमा सोसिडाडका मिकेल मेरिनोले लागि गोल फर्काएपनि त्यो सान्त्वनामै सीमित बन्यो।

जितसंगै रियल मड्रिडले ३० खेलबाट ६५ अंक जोडेको छ । बार्सिलोनाको पनि ३० खेलबाट ६५ अंक छ । तर  हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान हुकुम जमाएको छ । यसअघि बार्सिलोना चौथो स्थानको सेभियासँग बराबरीमा रोकिएको थियो।