आज आईतबारबाट पनि खुलेन सेयर बजार

Jun 21st, 2020

काठमाडौ, असार ७

लगानीकर्ताहरुले आज आईतबारबाट सेयर बजार खुल्ने आसा गरेकोमा आज पनि सेयर कारोवार नखुुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुचना जारी गरी लक डाउनको अवधिभर सेयर कारोवार स्थगन गरिएको जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार लक डाउनको अवधिभर धितोपत्रको दोस्रो बजारको कारोवार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राप्त भएपछि सोही अनुरुप धितोपत्र कारोवार स्थगन गरिएको हो ।

छ गतेको निर्णय अनुसार धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मको लागि यही असार सात गते अर्थात आज आईतबारबाट धितोपत्रको दोस्रो बजारको कारोवार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।