• गृहपृष्ठ
  • महामारीका कारण बिदेशमा अलपत्र परेका आठ सय जना स्वदेश फिर्ता

महामारीका कारण बिदेशमा अलपत्र परेका आठ सय जना स्वदेश फिर्ता

Jun 21st, 2020

काठमाडौ, असार ७

कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका आठ सय भन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएकाछन । नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज शनिवार नेपाली नागरिकहरुको स्वदेश आगमन भएको हो ।

सिसिएमसीका अनुसार स्वदेश फर्किएका मध्ये बिभिन्न प्रदेशका गरी दक्षिण कोरियाबाट दुुई सय २८, कुुवेतबाट एक सय ५०, बंगलादेशबाट एक सय ५५, जापानबाट दुई सय ५० र युएईबाट एक सय ६९ रहेकाछन । स्वदेश फर्किएका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरमा लगिएको सिसिएमसीले जनाएको छ । उक्त होल्डिड सेन्टरमा उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउने तयारी भईरहेको सिसिएमसीले जनाएको छ ।