• गृहपृष्ठ
  • लिग लिडर बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

लिग लिडर बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

Jun 20th, 2020

काठमाडौँ, ६ असार

स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना सेभियासँग बराबरीमा रोकिएको छ । शुक्रबार राति
सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र सेभियाले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँढेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भएको हो । अंक बाँढिएसँगै दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई भने फाइदा पुगेको छ ।

अब आइतबार रियल म्याड्रिडले रियल सोसिडाडसँग खेल्दैछ। बराबरीपछि बार्सिलोनाले रियलसँग ३ अंकको अग्रता मात्र बनाएको छ । रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ ।

बराबरीपछि ३० खेलबाट ६५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल ६२ अंकसहित दोस्रोमा छ। तेस्रो स्थानमा रहेको सेभियाको ३० खेलबाट ५२ अंक रहेको छ ।