• गृहपृष्ठ
  • सरकारद्धारा चार सय ९४ जना नेपाली नागरिकको उद्धार

सरकारद्धारा चार सय ९४ जना नेपाली नागरिकको उद्धार

Jun 20th, 2020

काठमाडौ, असार ६

सरकारले महामारीकाबिच बिदेशमा अलपत्र परेका चार सय ९४ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ । सिसिएमसीका अनुसार शुुक्रबार बिभिन्न देशबाट उक्त संख्यामा नेपाली नागरिकहरुलाई उद्धार गरिएको हो ।

कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा शुुक्रबार साउदी अरबबाट हिमालय एयरलायन्सबाट प्रदेश नं. १ का ३१ जना, प्रदेश नं. २ का २१ जना, बागमती प्रदेशका ४१ जना, गण्डकी प्रदेशका २७ जना, प्रदेश नं. ५ का २६ जना, कर्णाली प्रदेशका २ जना र सुदुरपश्चिम प्रदेशका ५ जना गरी १३५ जना, नेपाल एयरलायन्सको उडानबाट प्रदेश नं. १ का ३२ जना, प्रदेश नं. २ का १ जना, बागमती प्रदेशका ६९ जना, गण्डकी प्रदेशका १७ जना, प्रदेश नं. ५ का २३ जना, कर्णाली प्रदेशका १ जना र सुदुरपश्चिम प्रदेशका ५ जना गरी १४८ जना, कुवेतबाट जजिरा एयरलायन्सको उडानबाट प्रदेश नं. १ का ४२ जना, प्रदेश नं. २ का ६ जना, बागमती प्रदेशका ५२ जना, गण्डकी प्रदेशका १३ जना, प्रदेश नं. ५ का २९ कर्णाली प्रदेशका ४ जना र सुदुरपश्चिम प्रदेशका ४ जना गरी १५० जना र कतारबाट कतार एयरलायन्सको उडानबाट प्रदेश नं. १ का ७ जना, प्रदेश नं. २ का १५ जना, बागमती प्रदेशका ३ जना, गण्डकी प्रदेशका ५ जना र प्रदेश नं. ५ का १३ जना गरी ४३ जना समेत कुल जम्मा ४९४ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । साथै उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरमा लगिएको छ ।

होल्डिड सेन्टरमा सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको सिसिएमसीले जनाएको छ ।