सरकारद्धारा एक सय १७ जनाको उद्धार

Jun 19th, 2020

काठमाडौ, असार ५

सरकारले बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्ने क्रममा एक सय १७ जना स्वदेश फर्किएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा बिहिबार राती मलेशियाबाट हिमालय एयरलायन्सकोउडानबाट प्रदेश नं. २ का २० जना, प्रदेश नं. २ का ३२ जना, बागमती प्रदेशका २७ जना, गण्डकी प्रदेशका छ जना, प्रदेश नं. ५ का २३ जना, कर्णाली प्रदेशका ८ जना र सुदुरपश्चिम प्रदेशका २ जना गरी जम्मा एक सय १७ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको हो ।

साथै उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगि व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेका क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।