• गृहपृष्ठ
  • सरकारद्धारा बंगलादेश र हंगकंगमा अलपत्र परेका दुई सय ५८ जनाको उद्धार

सरकारद्धारा बंगलादेश र हंगकंगमा अलपत्र परेका दुई सय ५८ जनाको उद्धार

Jun 15th, 2020

काठमाडौ, असार १

सरकारले आईतबार रातीसम्म बंगलादेश र हंगकंगमा अलपत्र परेका दुुई सय ५८ जना नेपाली नागरिकको उद्धार गरेको छ । सिएमसीका अनुसार सो दिन दुुई चरणमा गरी उक्त संख्यामा नेपाली नागरिकको उद्धार गरिएको हो ।

सिसिएमसीका अनुसार मन्त्रिपरिषद्को यही जेठ १२ गतेको निर्णय अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आईतबार बंगलादेशबाट नेपाल बायु सेवा निगमको उडानबाट (नं.१ प्रदेशका २१ जना, नं.२ प्रदेशका ५८ जना, बाग्मती प्रदेशका एक सय ३२ जना, गण्डकी प्रदेशका १३ जना, नं.५ प्रदेशका १५ जना, कर्णाली प्रदेशका छ जना, सुदुरपश्चिम प्रदेशका ७ जना, नेपाली सेनाका ४ जना समेत गरी जम्मा एक सय ५६ जना नेपाली नागरिक र शैनिक तालिमको लागि आएका २ जना बंगालादेशी नागरिक सहित २५८ जनाको उद्धार गरिएको सिसिएमसीले जनाएको छ ।

सिएमसिका अनुसार सोमबार मित्रराष्ट्र हङकङ्गबाट नेपाल बायु सेवा निगमको उडानबाट तीन महिला र चार जना पुरुष सहित सात जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । उनीहरुको अध्यागमन, एवं स्वास्थ्य परिक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी ठमेल स्थित एक्सीस होटलको क्वारेन्टाईनमा पठाईएको छ ।