रियल मड्रिडद्वारा आइबर पराजित

Jun 15th, 2020

काठमाडौं, असार १

रियल मड्रिडले स्पानिस ला लिगामा आइबरलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा मड्रिडले आइबरलाई ३-१ ले पराजित गरेको हो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो ।

खेलमा रियल मड्रिडको लागि टोनी क्रुस , सर्जियो रामोसले र मार्सेलोले गोल गरे । खेलमा पहिलो अग्रता भने रियलले नै लिएको थियो। खेलको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। ६५ औ मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि  ३७ औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले ३-० को अग्रता बनायो । खेलको ६० औँ मिनेटमा पेड्रो बिगासले आइबरकोलागि एक गोल गरे । तयसपछि कुनै गोल हुन सकेन र खेल रियल मड्रिडले जितेको हो ।

जितसंगै रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासंगको दुरी   २ अंकमा झारेको छ । रियलले २८ खेलबाट ५९ अंक जोडेको छ ।  समान खेलबाट बार्सिलोनाको ६१ अंक छ र  शीर्ष स्थानमा छ ।