• गृहपृष्ठ
  • कोरोनाभाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुरु ,बार्सिलोनालाई ५ अंकको अग्रता

कोरोनाभाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुरु ,बार्सिलोनालाई ५ अंकको अग्रता

Jun 14th, 2020

काठमाडौं, ३२ जेठ

बार्सिलोनाले स्पानिस ला लिगामा मार्लोकालाई पराजित गरेको छ । मार्लोकालाई बार्सिलोनाले ४-० ले पराजित गरेको हो । जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ । रियलले एक खेल खेल्न बाँकी छ । कोरोनाभाइरस महामारीका कारण स्थगित ला लिगा बिहीवारदेखि फेरि सुरु भएको हो ।

जोर्डी अलवाको पासमा अर्टुरो भिदालले खेलको दोस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३७ औं मिनेटमा मेसीको पासमा मार्टिन ब्रेथवेइटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा अग्रता दोब्बर बनायो । दोस्रो हाफमा पनि बार्सिलोनाले दुई गोल थप्यो । खेलको ७९औं मिनेटमा मेसीकै पासमा जोर्डी अल्वाले गोल गरेपछि बार्सिलोनाको ३-० को अग्रता बनायो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा लुइस सुअरेजको पासमा मेसीले गोल गर्दै सहज जित सुनिश्चित गरे । जितपछि २८ खेलबाट ६१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल ५६ अंकसहित दोस्रोमा छ।