• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर पाँच जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर पाँच जनाको मृत्यु

Jun 6th, 2020

काठमाडौं, २४ जेठ

झापा, दमक नगरपालिका-२ हुम्से दुम्से सामुदायिक वनभित्र रिसोर्टको काम गर्ने बा.१ क ८०९६ नम्बरको जेसिबिका सह-चालक सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने २६ वर्षीय चित्र बहादुर ओलीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । काम गर्ने क्रममा जेसीबीले बिजुलीको तार छुन लागेकोले हटाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका चित्र बहादुरको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, लहान नगरपालिका-२३ गढिया बस्ने ७० वर्षीय गुल्टेन महतोको आफ्नै घर मर्मत गर्ने क्रममा विद्युतको मिटरबाट करेन्ट लागेर शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ, केराबारी गाउँपालिका-९ देवीझोडा बस्ने पूर्ण बहादुर लिम्बुकी छोरी १३ वर्षीया सपना लिम्बुको आफ्नै घरमा करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

उदयपुर, बेल्का नगरपालिका-१ आम्बासी झाँक्री टोल बस्ने ५१ वर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा शनिबार बिहान करेन्ट लागेर तामाङको मृत्यु भएको बताइएको छ ।

धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ५० वर्षीय चन्देश्वर साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतबारीमा सिंचाईको लागि लगिएको बिजुलीको मिटरको तार बाँधेको बाँस लठ्ठी उठाउने क्रममा करेन्ट लाग्दा साहको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।