• गृहपृष्ठ
  • भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

Jun 6th, 2020

चितवन, २४ जेठ

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो ।

माडीको क्वारेन्टिनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रबार भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभिड– १९ प्रयोगशाला पठाइएको थियो । यही जेठ १३ गते भारतबाट उपचार गरि फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टिनमा रहेका थिए । रासस