एकै पटक थपिए ३२३ संक्रमित

Jun 6th, 2020

काठमाडौं ,२४ जेठ

नेपालमा एकै पटक थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२३ जनामा सङ्क्रमण देखिएको बताए ।

योसँगै संक्रमितको कूल संख्या ३२००  पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६५ जना घर फर्किसकेका छन् ।