• गृहपृष्ठ
  • कर चुक्ताको समय फिर्ता नलिए चरणवद्धरुपमा आन्दोलन गर्ने महासंघको चेतावनी

कर चुक्ताको समय फिर्ता नलिए चरणवद्धरुपमा आन्दोलन गर्ने महासंघको चेतावनी

Jun 3rd, 2020

काठमाडौ, जेठ २१

नेपाल उद्योग बाँणिज्य महासंघ बाग्मती प्रदेशले सरकारले लक डाउनलाई खुुकुुलो बनाई व्यापार व्यवसाय संचालन गर्न नदिएसम्म कर तिर्न बताएकाछन । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण निजी क्षेत्र डामाडोल भईरहेको अवस्थामा कर तिर्न ताकेता गर्नु असान्दर्भिक भएको महासंघको बागमती प्रदेशले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

कोरोना भाईरस (कोभिड १९) महामारीकाकारण मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्थामा तत्काल कर तिर्न नसकिने भन्दै महासंघले लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ । महासंघले सरकारले कर चुक्ता गर्ने अवधि जेठ २५ गतेसम्म तोकेकोमा उक्त निर्णय फिर्ता नलिए चरणवद्धरुपमा आन्दोलन गर्ने समेतको चेतावनी दिएको छ ।