नेप्से लक डाउनको अवधिभर बन्द

Jun 3rd, 2020

काठमाडौ, जेठ २१

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोवार कक्ष जेठ ३२ गते सम्म नै बन्द रहने भएको छ । सरकारले पछिल्लो पटक लक डाउनको अवथि थप गरेर जेठ २१ गते देखि ३२ गतेसम्म कायम गरेपछि उक्त अवधिसम्म धितोपत्र बजार बन्द गर्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते देखि नै लक डाउन गर्दे आएको छ । सोही आधारमा बढ्दो संक्रमणलाई ध्यानमा राखेर लक डाउनको अवधिभर धितोपत्र बजार बन्द गर्र्ने नेपाल धितोपत्र बोर्ड समेतको निर्देशनमा सेयर बजार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ ।