रुकुम घटनाको निष्पक्ष छानबिन गर्न माग

Jun 2nd, 2020

काठमाडौँ, २० जेठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गर्नुभएको छ । उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उहाँले निकाल्नुभएको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रही न्याय दिलाउन माग गरिएको छ ।

उहाँले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मानवता विरोधी उक्त घटनाको भत्र्सनासमेत गर्नुभएको छ । विज्ञप्तिमा उहाँले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताउनुभएको छ । रासस