• गृहपृष्ठ
  • आईडीपी एडुकेशनले आफ्नो विद्युतीय प्रणालीवाट (भर्चुअल) कार्यालय संचालन गर्ने

आईडीपी एडुकेशनले आफ्नो विद्युतीय प्रणालीवाट (भर्चुअल) कार्यालय संचालन गर्ने

Jun 2nd, 2020

काठमाडौ, जेठ २०

आईडीपी एडुकेशन, शैक्षिक परामर्श सेवामा विश्वको प्रख्यात संस्थाले नेपालमा भर्खरै आफ्नो बिद्युुतीय प्रणाली कार्यालय संचालनमा ल्याएको छ । यसवाट नेपालमा विदेशमा आफ्नो शिक्षा हासिल गर्न तत्पर रहेका नेपाली विधार्थीहरुलाई घरमै बसी आईडीपीका शैक्षिक परामर्श विज्ञहरुसंग जोडिने उचित मौका प्रदान गरेको छ ।

यो प्रणालीवाट प्रवाह हुने सेवाले सम्पूर्ण इच्छुक विद्यार्थीहरुलाई आफ्नै घरमा बसी भौतिक कार्यालयवाट प्रवाह हुने सेवाझैँ उच्च परामर्श सेवा प्रदान गर्नेछ । यो आईडीपीसंग जोडिएका आफ्ना सम्पूर्ण विद्यार्थी तथा निजहरुका आमा बुवासंग जोडीरहने र हाम्रो उद्देश्य बमोजिम विदेशमा पठनपाठन गर्दाको समग्र यात्रालाई निरन्तररुपमा सहज बनाई राख्ने एउटा कोशिश हो, आईडिपीले भनेको छ ।

यो क्षणमा आईडीपीका दक्षिण एशियाका संचालक पियुष कुमार भन्छन, “आईडीपीको विद्युतीय प्रणाली सेवाले यसक्षत्रलाई थप प्रोत्साहन गर्नेछ । हामीलाई थाहा छ विदेशमा गएर पठनपाठन गर्नु भनेको समग्र विद्यार्थीहरु साथ साथै निजहरुको सम्पूर्ण परिवारका लागि समेत जीवनको एउटा मुख्य निर्णय हो यिो महामारीको समयमा विद्युतीय प्रणालीको कार्यालयले हामीलाई सबैसंग जोडी रहन अवसर प्रदान गर्दछ । साथै, यस प्रकारको प्रविधिले हामीलाई एकआपसमा जोडी रहने अवसर समेत प्रदान गर्दछ हिाम्रा विद्यार्थीलाई बिश्वभरिका शैक्षिक संस्थाहरु सँग सम्पर्कमा आउन मदत गर्नेछ ।“

आईडीपीको विद्युतीय प्रणालीद्वारा संचालित कार्यालय आईतबारदेखि शुक्रबार सम्म १० बजे दखि ५ बजेसम्म संचालित हुनेछ ियो समयमा सम्पूर्ण इच्छुक विद्यार्थीहरुले हाम्रो दक्ष कोउन्सेलरहरुसंग विशेष रुपमा जोडिन सक्नेछन । यो समयमा इच्छुक विद्यार्थीहरुले आफ्नो विदेशमा पठनपाठनको मार्गको विषयमा, विश्वविद्यालयहरुले प्रदान गर्ने अवसरको विषयमा, विभिन्न कोर्सहरुको विषयमा, भिसा आवेदनसंग सम्बन्धित विषयमा, छात्रवृत्तिसंग सम्बन्धित विषयमा, पढाई पश्चातको काम गर्न अवसरकोसाथ साथै अन्य थुपै्रै विषयहरुमा छलफल गर्न सकिने छ । यी सम्पूर्ण सेवाहरु निशुल्क रहनुको साथ साथै प्राविधिद्वारा संचालन हुनेछन् ।

यो अवसर संग संगै हामी सम्पूर्ण विधार्थीहरुलाई एउटा सुनौलो अनुभवको साथ साथै तपाईहरुको अन्तराष्ट्रिय विश्वविद्यालयमा पठनपाठन गर्ने सपनालाई साँचो बनाउन निरन्तररुपमा सक्दो सयहोग गरिरहेने छौं, आईडिपीले भनेको छ ।