• गृहपृष्ठ
  • फेरि थपिए १३ संक्रमित, संक्रमित संख्या १८११ पुग्यो

फेरि थपिए १३ संक्रमित, संक्रमित संख्या १८११ पुग्यो

Jun 1st, 2020

काठमाडौ, जेठ १९

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ प्रयोगशाला , रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ १३ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ भने सङ्क्रमणबाट निको भइ २२१ जना घर फर्किसकेका छन् ।