• गृहपृष्ठ
  • कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न

कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न

Jun 1st, 2020

काठमाडौ, जेठ १९

कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा जेष्ठ १९, २०७७ गते बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्न भएको छ । उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेषसाधारण सभा मार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

यस कोभिड–१९ काकारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागि शेयरधनीहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गरे ।

बैंकको आन्तरिक वित्तिय, मानव श्रोत, प्राविधिक एवं अन्यक्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।