• गृहपृष्ठ
  • थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

May 31st, 2020

काठमाडौं ,१८ जेठ

नेपालमा एकै पटक थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार नयाँ १६६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

योसँगै संक्रमितको कूल संख्या १५६७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ २१९ जना घर फर्किसकेका छन् ।