• गृहपृष्ठ
  • बेरोजगारको सूचि तयार पार्दै सरकार, आधा तालिम खर्च सरकारले ब्यहोर्ने

बेरोजगारको सूचि तयार पार्दै सरकार, आधा तालिम खर्च सरकारले ब्यहोर्ने

May 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १८

सरकारले रोजगारीको खोजिमा रहेका तथा जागीरमा कार्यरत रहेका ब्यक्तिहरुको सिप तथा क्षमताहरुको एकिकृत सुचना राख्ने गरि श्रमिक बैंकको काम अघि बढाएको छ । श्रमिक बैंकमा रोजगारी खोज्ने मात्रै होइन, रोजगारी दिनेहरुको पनि विवरण राख्न लागिएको छ । जसले गर्दा आगामी दिनमा काम खोज्ने विदेश जानुपर्ने र उद्योगी तथा व्यवसायीले श्रमिक विदेशबाट ल्याउनुपर्ने बाध्यता केहि हदसम्म भएपनि टर्नेछ।

श्रम मन्त्रालयले श्रमिक बैंक तथा श्रम बैंक स्थापना गर्नका लागि अध्ययन गर्न एक समिति बनाएको थियो । जसले बिहिबार मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। देशमा के कति युवा बेरोजगार छन् , कार्यरत रहेकाहरुसँग के कस्तो सिप छ र बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले के कस्तो सिप लिएर आए भन्ने जानकारी संकलनका लागि श्रमिक बैंकको स्थापना गर्न लागिएको हो ।

सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन यो महत्वपुर्ण हुनेछ । कार्यदलले श्रमिक बैंकका साथै बैदेशिक रोजगारीमा जानेलाई सिप सिक्न र विदेश जाँदा लाग्ने खर्चका लागि ऋण उपलब्ध गराउने गरि श्रम बैंकको पनि स्थापना गर्न सुझाएको छ । तर यो कुरा भने बजेटमा व्यवस्था छैन।

अहिले कृषि क्षेत्रमा रहेको अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, ब्यापार , पर्यटन र स्वास्थ्य जस्ता सेवामा स्थानान्तरण गर्नुपर्ने भएको छ । र, विदेशबाट फर्केका युवाहरुले के कस्तो सिप लिएर फर्र्किए भन्ने राज्यसँग कुनै जानकारी छैन । श्रमिकहरुको सिपको लगत राख्नुका साथै उनिहरुको बृति बिकासका लागि योजना बनाउन समेत लाभदलायक हुने श्रमिक बैंकको स्थापनामा राज्यले ढिला गर्नु हुँदैन ।

देशमा प्रतिवर्ष ५ लाख ब्यक्ति श्रम बजारमा थपिने गरेका छन् । संविधानमा रोजगारीलाई मौलिक हकको रुपमा ब्यवस्था गरेपनि कुल जनसंख्याको ११ दशमलव ४ प्रतिशत मानिसहरु पुर्ण रुपमा बेरोजगार छन् । देशमा रोजगारी नपाएपछि ४३ लाख ६५ हजार ४ सय १५ युवा बैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमा अहिले केहि उद्योगी तथा व्यवसायी भने देशमा श्रमिक नपाएको गुनासो गर्छन् ।

श्रमिक पाइहाले पनि दक्ष जनशक्ति नपाएको उनिहरुको गुनासो छ। रोजगारदातालाई श्रमिक अभाव नहोस् र कामको खोजिमा रहेका श्रमिकले पनि रोजगारदाता सम्म पु¥याउने हिसाबले श्रमिक बैंकको स्थापना गर्न लागिएको छ । श्रमिक बैकमा कार्यरत तथा कामको खोजिमा रहेका श्रमिकहरुको सिप, अनुभव, योग्यता र दक्षता लेखांकन गरिनेछ ।