• गृहपृष्ठ
  • चार दिनमै गर्भवती महिलाले जितिन् कोरोना

चार दिनमै गर्भवती महिलाले जितिन् कोरोना

May 30th, 2020

चितवन, १७ जेठ

गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो ।

कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताउनुभयो ।

यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो । उहाँ गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिनुभयो । उहाँ र उहाँका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उहाँहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ । रासस