• गृहपृष्ठ
  • घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग

May 25th, 2020

काठमाडौ, जेठ १२

घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकिय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलाल प्रसादलाई रमिन कुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रति शाखा १० हजार रुपैयाँका दरले २० हजार रुपैयाँ सहयोग गरेको हो ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमार कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । संस्थाले संचालनमा आएदेखि हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापनागरि ग्रामिण क्षेत्रका ६,१५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पु¥याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।