• गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकद्धारा एक करोड ४५ लाख रुपैयाँ सहयोग

नेपाल बंगलादेश बैंकद्धारा एक करोड ४५ लाख रुपैयाँ सहयोग

May 25th, 2020

काठमाडौ, जेठ १२

नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको जानकारी दिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५ र ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैकका अनुसार नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका हुन ।