• गृहपृष्ठ
  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६८२ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६८२ पुग्यो

May 25th, 2020

काठमाडौं ,१२ जेठ

आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार नयाँ ६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै संक्रमितको कूल संख्या ६८२ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ११२ जना घर फर्किसकेका छन् ।