• गृहपृष्ठ
  • सफा नोट नीति २०७३ लाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन

सफा नोट नीति २०७३ लाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन

May 24th, 2020

काठमाडौ, जेठ ११

राष्ट्र बैंकले सफा नोट नीति २०७३ लाई संसोधन गरी कार्यान्यवनमा ल्याउन बैक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैकले अनुुमती प्राप्त सबै किसिमका बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन अनुसार बैक तथा बित्तीय संस्थाहरुले आफ्नो संस्थामा प्राप्त हुुन आएका नोटहरुलाई एटिएम लगायतका मेशिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा बिभाजन गर्नुुपर्न, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा भने सेतो रंग प्रयोग गर्न र एटिएम लगायतका मेसिनहरुको माध्यमबाट एटिएम मेसिनमा पठाउन योग्य नोटको प्याकिङमा हरियो रंगको स्लिप र अयोग्य नोटमा रातो रंगको स्लिप प्रयोग गर्न निर्देशन दिएको हो ।

यसरी बर्गिकरण गरी छुुट्याएको स्लिपहरुमा बैंक तथा बित्तीय संस्थाको नाम, शाखा कार्यालयको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिती अनिवार्यरुपमा उल्लेख गर्नुुपर्ने छ । नोटमा स्टिचको प्रयोग गर्न भने नपाउने परिपत्रमा उल्लेख छ ।