• गृहपृष्ठ
  • महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा

महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा

May 24th, 2020

काठमाडौ, जेठ ११

कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ । देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको वर्तमान अवस्थामा कोरोनाबाट मृत्यू भए पश्चात यो महामारिले हामी सबै आक्रान्त हुदैछौं । सरकारले तोकेको अत्यावस्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ ।

यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखार उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी यस लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना देशभरीका ६० शाखा र उपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट गरिएको कोरोना बीमाको विमांक रकम प्रति कर्मचारी १ (एक) लाखको रहेको कम्पनीले जानकारी दिएको छ ।