• गृहपृष्ठ
  • लुम्बिनी बिकास बैंकद्धारा आफ्ना कर्मचारीको कोरोना बीमा

लुम्बिनी बिकास बैंकद्धारा आफ्ना कर्मचारीको कोरोना बीमा

May 23rd, 2020

काठमाडौ, जेठ १०

लुम्बिनी विकास बैंकले कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको हो ।

बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दैप्रति कर्मचारी एक लाखको कोरोना बीमा गर्न एभरेष्ट इन्योरेन्स कम्पनींग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने बैंकले जानकारी दिएको छ । कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बिश्वास बैंकले लिएको छ । यो बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।