• गृहपृष्ठ
  • सिद्धार्थ इन्स्योरेन्सको शाखा संक्रमणरहित

सिद्धार्थ इन्स्योरेन्सको शाखा संक्रमणरहित

May 23rd, 2020

काठमाडौ, जेठ १०

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शाखालाई संक्रमण रहित बनाएर सञ्चालन गरेको छ । कम्पनीले बिज्ञप्ती जारी गर्दे भनेको छ, बिश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण सृजित असामान्य परिस्थतीमा तोकिए बमोजिमको सावधानी अपनाई सिमित कर्मचारीबाट कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिंदै आएको छ ।

सोही क्रममा कम्पनीको कमलादी शाखामा कार्यरत एक जना कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको र निजको अस्पतालमा उपचार भईरहेको छ । संक्रमण देखिएपश्चात उक्त शाखालाई तत्काल सिल गरी संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएका सम्पुर्ण कर्मचारीहरुको पिसिआर परिक्षण गराउँदा सबैको रिर्पोट निगेटिभ आएको छ ।

उक्त शाखा कार्यालको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाई एवं संक्रमण रहित गर्ने कार्य सम्पन्न गरिएको छ । सो पश्चात यही जेठ ११ गते अर्थात आजबाट कम्पनीको उक्त शाखा सिमित कर्मचारीहरुबाट सञ्चालन हुुने र बीमीतहरुले पुर्ववतरुपमा सेवा लिन सक्नेछन । यो बिषम परिस्थितीमा पनि कम्पनी उत्कृष्ट बीमा सेवा दिन प्रतिवद्ध रहेको छ, कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।