• गृहपृष्ठ
  • कर्मचारी सञ्चय कोषले विशेष अनलाईनबाट नै सापटी सेवा सञ्चालन गर्ने

कर्मचारी सञ्चय कोषले विशेष अनलाईनबाट नै सापटी सेवा सञ्चालन गर्ने

May 23rd, 2020

काठमाडौ, जेठ १०

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस (कोभिड १९) को कारण गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लागु गरेको लकडाउन सँगै बन्द रहेका कोषका सेवाहरु मध्ये हाललाई विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइन मार्पmत लिन सकिने गरी सञ्चालनको तयारी गरेको छ ।
लकडाउनको कारण यातायात र हिडडुलमा भएको असहज अवस्थालाई मध्येनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप अनलाईन बिशेष सापटी सेवा शुरु गरिएको कोषले जनाएको छ । हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र योगदानकर्ताको पहिचान अडेट गरेका सञ्चयकर्ताहरुले प्राप्त गर्न सक्नेछन । यसको लागि सञ्चयकर्ताहरुले कोषको वेव साइटमा गई प्राप्त निर्देशन अनुसार अनलाईन फारम भरी सो सँगै विशेष सापटीको आवेदन फारम भरी स्क्यान कपि अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले उक्त आवेदन फारमलाई रुजु गर्छ र सो गरी सकेपछी सम्बन्धित सञ्चयकर्ताको बैक खातामा नै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड १९ को कारण हाल बन्द रहेका अन्य सेवाहरु समेत क्रमश सञ्चालनको तयारी समेत पुरा गरेको छ । लकडाउन खुकुलो हुने वित्तिकै कोषका कार्यालयहरु मार्पmत सुरक्षित रुपमा कोषका अन्य सेवाहरु प्रवाह हुने गरी तयारी गरिसकिएको छ ।