• गृहपृष्ठ
  • थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४२७ पुग्यो

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४२७ पुग्यो

May 20th, 2020

काठमाडौ, जेठ ७

आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधवारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३७ जना घर फर्किसकेका छन् । यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।