• गृहपृष्ठ
  • सप्तकोशी डेभलपमेन्ट बैंकद्धारा कर्मचारीहरुको कोरोना बीमा

सप्तकोशी डेभलपमेन्ट बैंकद्धारा कर्मचारीहरुको कोरोना बीमा

May 20th, 2020

काठमाडौ, जेठ ७

सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । बैंकले बिज्ञप्ती जारी गर्दे भनेको, आज विश्वभरका दुई सय १५ देशमा कोभिड–१९ को संक्रमणबाट ४९ लाख नौ हजार भन्दा बढि मानिस ग्रसित छन् भने तीन लाख २० हजार भन्दा बढिको मृत्युु भैसकेको छ । नेपालमा हाल सम्म तीन सय ७५ जनामा संक्रमण देखिएको छ जसमध्ये ३६ जनाको सफल उपचार भएको छ भने अन्य तीन सय ३७ जनाको उपचार भैरहेको छ ।

नेपालमा पनि यस रोगको संक्रमणबाट दुुई जनाले ज्यान गुमाएकाछन् । यस बर्षको मार्ग÷पौषबाट छिमेकी देश चीनको वुुहानबाट शुुरू भएको मानिएको कोभिड १९ भाइरस छोटो समयमा विश्वभर फैलिएको छ । यसरी कोभिड–१९ भाइरसको नियन्त्रणका लागि एक्लो प्रयासले मात्र सफल हुुने छैन । यसका लागि सारा विश्व एक हुुन अपरिहार्य छ । यसरी विश्वभर फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युुनीकरण गर्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गरेको र जनताबाट समेत समर्थन प्राप्त भएको छ ।

कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युुनिकरण गर्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको भएतापनि नेपाल राजपत्रमा प्रकाशित सुुचना बमोजिम बैंकिङ सेवालाई आवश्यक सेवा भनेको हुुंदा जनतालाई उनीहरूको आवश्यकता बमोजिम बैंकिङ सेवा सञ्चालन गर्न बैंकको दायित्व भएकोले बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्युुनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्युनतम उपायहरू अवलम्बन गर्दै सबै सेवाग्राही विद्युुतीय माध्यमबाट सेवा लिन नसक्ने देखिएको हुंदा उनीहरूलाई आवश्यक पर्ने न्युुनतम मात्रामा नगद कारोबारको सेवा उपलब्ध गराउन यस बैंकका कार्यालयहरू सञ्चालनमा रहेकाछन ।

यस्तो विषम परिस्थितिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो प्रयास गर्नुुपर्दछ कोभिड १९, कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युुनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोरोना भाइरस कोभिड १९ रोग बीमालेख जारी गर्न थालेकोले यस बैंकमा कार्यरत १८६ जना कर्मचारीहरूको सुुरक्षा जोखिमलाई न्युुनिकरण गर्न उक्त बीमा गरिएको बैकले जनाएको छ ।