• गृहपृष्ठ
  • कोरोनाका कारण मृत्यु भएको भनिएका बिरामी ज्युँदै, हल्लाको पछि नलाग्न अस्पतालको अग्रह (विज्ञप्तिसहित)

कोरोनाका कारण मृत्यु भएको भनिएका बिरामी ज्युँदै, हल्लाको पछि नलाग्न अस्पतालको अग्रह (विज्ञप्तिसहित)

May 20th, 2020

काठमाडौं, ७ जेठ
ज्युँदो मानिसलाई मिडियाले मारेको भनेपछि क्रिमसन अस्पतालले विज्ञप्ती निकाल्दै उक्त समाचार गतल भएको जनाएको छ । बिरामीको मृत्यु भएको भनेर गलत ढंगले प्रचार गरिएकोमा अस्पतालले आपत्ति जनाएको छ । केही सञ्चारमाध्यमले गुल्मीका कारोना संक्रमितको मृत्यु भएको भनी समाचार प्रकाशित गरेका थिए । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर उपचारका लागि आएको र हाल उनको उपचार भइरहेको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।