• गृहपृष्ठ
  • नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

May 20th, 2020

काठमाडौं, ७ जेठ
कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । उनका अनुसार थप विवरण प्राप्त भइ नसकेको र विवरण बुझ्ने काम भइरहेको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक रहेका थिए ।