• गृहपृष्ठ
  • कोरोना संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

May 19th, 2020

राजापुर, ६ जेठ(रासस)

बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५६जनाको स्वाब संकलन गरिएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।

कालीमाटीमा मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौँ गएको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।