• गृहपृष्ठ
  • थप २७ जनामा कोरोना पुष्टि, उपत्यकामा ५ जना संक्रमित

थप २७ जनामा कोरोना पुष्टि, उपत्यकामा ५ जना संक्रमित

May 19th, 2020

काठमाडौं, जेठ ६

आज थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा उपत्यकाका पाँच जना छन् । काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ।