लकडाउन भरी सेयर कारोवार बन्द

May 18th, 2020

काठमाडौ, जेठ ५

कोरोना भाईरस (कोभिड १९) कारण सरकारले घोषणा गरेको लकडाउनको अवधि भरी नै सेयर कारोवार बन्द हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बिज्ञप्ती जारी गर्दे जेठ २० गतेसम्म नै सेयर कारोवार बन्द हुुने जानकारी दिएको छ ।

नेप्सेले बिज्ञप्ती जारी गर्दे भनेको, देशमा नोभेल कोरोना भाईरस (कोभिड १९) प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार तथा मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ छ गते देखि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेकाले नेप्से सञ्चालक समितीबाट धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार (कावुु बाहिरको परिस्थतीमा) उक्त लक डाउनको अवधिभर धितोपत्रको कारोवार स्थनगन गर्ने निर्णय भएको हुुंदा सोही बमोजिम गर्न निर्देशन दिईएको नेप्सेले जनाएको छ ।