दिवेश अमेरिकन आइडलको उपविजेता

May 18th, 2020

काठमाडौं, जेठ ५

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल दोस्रो बनेका छन्। ।

सोमबार बिहान भएको आइडलको १९ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश टप ५ भित्र पर्न सफल भएका थिए तर फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।

दिवेशले उत्कृष्ट ५ मा पर्ने क्रममा गेभिन डिग्रको आइ डोन्ट वान्ट टु बिु बोलको गीत गाएका थिए । दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनि वेस्ट थिए ।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्। उत्कृष्ट दुईमा पर्ने क्रममा दिवेशले क्रिड्यान्स क्लियरवाटर रिभाइभलको ह्याब यु एभर सिन द रेन बोलको गीत गाएका थिए ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको
थियो । दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।