• गृहपृष्ठ
  • फेरि थपिए ३ संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

फेरि थपिए ३ संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

May 16th, 2020

काठमाडौँ, ३ जेठ

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण हुनेमा कपिलवस्तु , शिवराज न.पा चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरु रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन्

यससँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् ।