• गृहपृष्ठ
  • दाङका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

दाङका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

May 16th, 2020

दाङ, ३ जेठ(रासस)

यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । गढवा —४ का ३६ वर्षीय भारतको गोरखपुरबाट र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए । दुवै मजदूरी गर्न भारत गएका थिए ।