• गृहपृष्ठ
  • अब अस्पतालमा बिरामीको लागि डेलभरी रोवटले खाना पुरयाईदिने

अब अस्पतालमा बिरामीको लागि डेलभरी रोवटले खाना पुरयाईदिने

May 14th, 2020

काठमाडौ, जेठ १

कोरोना भाइरसको त्रास सवैतिर वढिरहेको बेला अस्पतालहरुमा प्रयोग गर्न ‘डेलिभरी रोवोट’ को विकासले सजह बनाइदिएको छ । अस्पतालहरुमा विरामी विरामीसम्म औषधि, खाना लगायतका समानहरु पु¥याउने रोवोटको विकासले नर्सहरु संक्रमित हुनबाट जोगिई सहज भएको हो । यसको विकासले अस्पतालहरुमा विरामीहरुको लागि मेशिनले नै औषधि, खाना पु¥याइने छन् । यसबाट नर्सहरुलाई औषधि, खाना पु¥याउन विरामीविरामीसम्म जान नपरी सम्भावित संक्रमणबाट जोगाउन सहयोग हुनेछ ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका इन्जिनियरिङका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूह यो रोवोट बनाउन सफल भएका हुन् । कलेजका कम्युटर, इलेट्रोनिक्स र इलेक्ट्रिकल विभागका प्राध्यापकहरु तथा अध्ययनरत विद्यार्थीको टोली कलेजको सहयोगमा रोवोटको विकास गर्न सफल भएका हुन् ।

कलेजको सहायक प्राध्यापक रुपेशदही श्रेष्ठ, सहायक प्राध्यापक दिनेश डंगोल, सहायक प्राध्यापक सचिन श्रेष्ठ र सहायक प्राध्यापक अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरु उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन् ।
रोवोर्ट बनाउने समूहमा सहभागी कलेजका सहायक प्राध्यापक रुपेशदही श्रेष्ठ आफूहरुले कलेजमै यो रोवोट बनाएको जनाए । अर्का सहायक प्राध्यापक दिनेश डंगालले एक हप्ताको समयमा रोवोट बनाउन सफल भएको जनाए । भविष्यमा अर्काे नयाँ बनाउन परे अव चारपाँंच दिनभित्रै बनाउन सकिने उनले जनाए । परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु वोक्न सक्ने क्षमता रहेको उनले जनाए । रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामी विरामीसम्मलाई आवश्यक औषधि, पानी, खाना लगायतका सामान पु¥याउन लगाउने छ ।

विकास गर्न सफल रोवोट शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई एक कार्यक्रमवीच हस्तान्तरण गरिनेछ । कलेजको वोर्ड अध्यक्ष एवं कलेज रहेको चाँंगुनारायण नगपरपालिकाका मेयर सोम मिश्रबाट रोवोट अस्पतालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । हस्तान्तरणपछि रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिने जनाइएको छ ।
कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरुले रोवोट बनाएको प्राडा श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरुबाट सहयोग भए प्राविधिक सहयोग गर्न कलेज तयार रहेको उनले स्पष्ट पारे ।