• गृहपृष्ठ
  • धितोपत्र बोर्डद्धारा जारी भएका सबै सवारी पास रद्ध

धितोपत्र बोर्डद्धारा जारी भएका सबै सवारी पास रद्ध

May 14th, 2020

काठमाडौ, जेठ १

नेपाल धितोपत्र बोर्डबाट जारी भएका सबै सवारी पास रद्ध भएको छ । बोर्डले बिञप्ती जारी गर्दे आज बिहिबारबाट ति सबै पास रद्ध भएको जानकारी दिएको हो ।

बोर्डले बिज्ञप्ती मार्फत भनेको छ, नेपाल सरकारले लकडाउनलाई थप कडाईका साथ अवलम्वन गर्न गरेको व्यवस्थाका सन्दर्भमा बोर्डको मिति २०७७।०२।०१ को निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको हुँदा नेपाल सरकारको मिति २०७७।०१।२४ को निर्णयानुसार बोर्डबाट यस अघि नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई मिति २०७७।०१।३१ गते सम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको छ ।

साथै अतिआवश्यक सेवा संचालन हुने संस्थाको लागि नेपाल सरकारको मिति २०७७।०१।२४ को निर्णयानुसार बोर्डबाट मिति २०७७।०२।०१देखि जारी गरिएको सवारी पासमात्र मान्य हुने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।